अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 17:24

कोरोना परिक्षणको स्वाब ‘होल्ड’ हुने समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

बिआरटीनेपाल २०७७ असार १६ गते ७:४५ मा प्रकाशित

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाब ‘होल्ड’ हुने समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।सिंहदरबारमा मंगलबार भएको छलफलमा समितिले परीक्षणको नतिजा निकै ढिलो आउने समस्या बढेको सूचना आएकाले छिटो यो समस्या समाधान गराउन निर्देशन दिएको हो ।

निर्देशन दिँदै समितिकी सभापति जयपुरी घर्तीले ‘पीसीआर’ परीक्षण बढाउने मेसिन छिटो खरिद गराउन र संघले स्थानीय सरकारलाई कोरोना रोगको उपचार र परीक्षणका लागि पठाएको रकम छिटो पु¥याउनसमेत मन्त्रालयलाई आग्रह गर्नुभयो ।छलफलमा सांसद जीवनराम श्रेष्ठले ‘संक्रमण देखिएको पाँच महिनासम्म जनशक्ति र किट अभाव तथा स्रोत–साधन अभाव देखाएर स्वास्थ्य मन्त्रालयले के काम गर्दैछ ?’ भन्ने प्रश्न गर्नुभयो ।

यस्तै, सांसद खगराज अधिकारीले संक्रमितको संख्या बढ्दै जाँदा पनि स्वास्थ्य आपत्काल घोषण किन गर्न नसकेको भन्दै सामग्री खरिदको विवरण प्रष्टसँग देखाउन पनि स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुभयो । सो अवसरमा स्वास्थ्य मन्त्रालयका अधिकारी डा. गुणराज लोहनीले चीनबाट सामग्री पठाउने पक्षले म्याद थप गर्ने तर सामान नपठाउने गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू