अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

लाखौं सिरियाली भोकमरीको संकटमा

बिआरटीनेपाल २०७७ असार १६ गते ७:४२ मा प्रकाशित

आगामी दिनमा लाखौं सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको भन्दै सचेत रहन चेतावनी दिइएको छ । नर्वेजियन शरणार्थी परिषद्, अक्सफाम, केयरलगायतका विश्वका गैरसरकारी संस्थाहरुले सिरियामा कम्तीमा पनि ९० लाख शरणार्थी भोकमरीको समस्यामा पर्न लागेको जनाएका छन् । एक दशकदेखि गृहयुद्धमा फसेको सिरियामा लाखौं नागरिकले खाद्यसंकट झेल्नुपरिरहेको भन्दै आगामी केही समयमै उनीहरु भोकमरीको संकटमा पर्ने जनाएका हुन् ।

उनीहरुले दातृराष्ट्रहरुका साथै संघ–संस्थाहरुलाई सहयोग बढाउन आग्रह गरेका छन् । पश्चिमा शक्ति राष्ट्रहरुले द्वन्द्वग्रस्त सिरियामा मानवीय सहायताका सामग्री तत्काल पठाउन संयुक्त राष्ट्रसंघलाई यसअघि नै आग्रह गरेका थिए ।सिरियन सरकारले अन्तर्राष्ट्रिय दाताबाट प्राप्त सामग्रीको व्यवस्थित वितरण गर्न असक्षम रहेको भन्दै बेलायत, फ्रान्स र अमेरिकाले हवाईमार्गबाट भएपनि त्यहाँका केही स्थानमा सहायता सामग्री पु¥याउन विगतदेखि नै राष्ट्रसंघलाई आग्रह गरेका हुन् ।

पछिल्लो समयमा खाद्यान्नको अभावका कारण सिरियाका कैयौं क्षेत्रहरुमा भोकमरी फैलिएको छ । केही समयभित्रै भोकमरीको अवस्था कम्तीमा पनि ९३ लाख सिरियाली नागरिकसम्म पुग्नसक्ने बताइएको छ । सिरियामा कोरोनाभाइरसका कारण उत्पन्न संकटका कारण पनि खाद्य सामग्री अभाव भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू