अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

कोरोनाका कारण विश्वभर ५ लाख ८ हजार ८ सय भन्दा बढिको मृत्यु

बिआरटीनेपाल २०७७ असार १६ गते ७:४२ मा प्रकाशित

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ४ लाख ३६ हजार ९ सय ५४ पुगेको छ । हाल सम्म कोरोना भाइरस सङ्क्रमित भएका मध्ये ५६ लाख ९५ हजार ५ सय ७२ जना भने उपचार पछि स्वस्थ भैसकेका छन् ।

कोरोना संक्रमित ५७ हजार ७ सय ६२ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ । हाल सम्म ५ लाख ८ हजार ८ सय ७६ जनाको भने कोरोनाकै कारण मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै १ लाख २८ हजार ८ सय १९ जनाको मृत्यु भएको छ ।

त्यसपछि ब्राजिलमा ५८ हजार ३ सय ८५, बेलायतमा ४३ हजार ५ सय ७५, इटालीमा ३४ हजार ७ सय ४४ जनाको मृत्यु भएको छ । भारतमा १६ हजार ९ सय १९ जनाको मृत्यु भएको छ भने रसियामा ९ हजार ३ सय २० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू