अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०५ | Colorodo: 11:20

नेकपा स्थायी समिति बैठक चौथो दिन जारी, अध्यक्ष ओलीसँग जवाफ माग्ने तयारी

बिआरटीनेपाल २०७७ असार १६ गते १:१२ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज(मंगलबार) चौथो दिन पनि जारी छ । असार १० गतेबाट सुरु भएको बैठक बीच बीचमा स्थगित हुँदै आज चौथो दिन छलफलमा जुटेको हो । गत तीन दिनका बैठकमा छलफलका लागि तय भएका सात एजण्डामध्ये सीमा समस्या समाधानमा केन्द्रीत रहेर नेताहरुले धारणा राखेका थिए ।

बैठकमा सीमाको एजेण्डामा केही सचिवालय सदस्यबाहेक धेरैले धारणा राखिसकेकाले आज थप सदस्यले आफ्नो धारणा राखी बाँकी एजेन्डामा प्रवेश गर्ने स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिनुभयो । बैठकमा कोरोना महामारी रोकथामको एजेण्डामा सरकारको कामकारबाहीको समीक्षा, खरिदका क्रममा भएका अनियमितता र भ्रष्टाचारका प्रकरण लगायतका बिषयमा छलफल हुने भएको छ ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेकोमा ओलीइतरका नेताहरुले उहाँसँग जवाफ माग गर्ने तयारी समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू