अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

चीनमा भेटियो नयाँ प्रकारको भाइरस, कोरोना जस्तै महामारीको रुप लिन सक्ने चेतावनी

बिआरटीनेपाल २०७७ असार १६ गते ०:३५ मा प्रकाशित

चीनमा नयाँ प्रकारको भाइरस भेटिएको र त्यसले महामारीको रुप लिन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । फेला परेको नयाँ भाइरस फ्लू भाइरस रहेको र बेलैमा नियन्त्रणको प्रयास नगरिएमा त्यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकको भनाई छ ।

यो भाइरस हालै उत्पति भएको र अहिले सुँगुरमा पाइएको भए पनि मानिसमा सर्न सक्ने क्षमता रहेको वैज्ञानिकहरुले बताएका छन् । प्रारम्भीक जानकारी अनुसार सो भाइरसमा मानिसमा पनि सर्ने र अन्ततः महामारीको रुप लिन सक्ने क्षमता देखिएको छ । सो भाइरस थप परिवर्तन हुन सक्ने र त्यसपछि मानिसमा सहज रुपमा सर्न सक्ने तर्फ वैज्ञानिकको चासो र चिन्ता रहेको छ । अहिले प्राप्त जानकारी अनुसार सो भाइरस व्यक्तिमा सरेमा उबाट अर्को व्यक्तिमा पनि सर्ने देखिन्छ ।

तत्कालका लागि यो समस्याको विषय भने होइन । तर पनि भाइरसलाई नजिकबाट नियाल्नु पर्नेमा वैज्ञानिकको जोड छ । भाइरस नयाँ हुँदा मानिसमा त्यससँग लड्ने क्षमताको विकास भएको हुँदैन, सोही कारण धेरैमा फैलिने र जोखिम हुने गर्छ ।

सुँगुरमा देखिएको नयाँ भाइरस सम्बन्धी प्रारम्भीक अध्ययन प्रतिवेदन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ । नयाँ इन्फ्लुएन्जा भाइरसमा अहिले कोरोना भाइरसको जस्तै महामारीको रुप लिन सक्ने क्षमता देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू