अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४७ | Colorodo: 06:02

क्यानमा चार समितिले पूर्णता पायो

बिआरटीनेपाल २०७७ असार १६ गते ०:१३ मा प्रकाशित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना चार समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्टलाई सदस्य बनाइएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

यस्तै सञ्जयराज सिंह संयोजक रहेको प्राविधिक समितिमा वीरेन्द्रबहादुर चन्द, अमितवीर पाण्डे, अरुणकुमार अर्याल र सञ्जय गुरुङलाई सदस्यमा मनोनयन गरिएको छ । यसैगरी रोशनकुमार सिंहको संयोजकत्वमा आर्थिक समिति बनाइएको छ । उक्त समितिका सदस्यमा माधव कर्माचार्य र दुर्गाराज पाठक छन् ।

सञ्चार समितिको संयोजकमा अशोकनाथ प्याकुरेल तथा सदस्यमा भानुभक्त सिग्देललाई सदस्यका रूपमा चयन गरिएको छ । अध्यक्षमा चन्द निर्वाचित भएपछि क्यानको पहिलो बोर्ड बैठकले चार समिति गठन गरेको थियो । “हामीले अन्य समिति बनाउने योजना बनाएका छौँ”, अध्यक्ष चन्दले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू