अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

अमेरिकामा दोस्रो राहत चेक जुलाईमा ?

बिआरटीनेपाल २०७७ असार १५ गते १२:४८ मा प्रकाशित

न्यु योर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो स्टिमुलस चेक छिटोमा जुलाईभित्र आउने सङ्केत गरेका छन् । सिनेटरहरू दोस्रो चरणको राहत प्याकेजबारे मूल्याङ्कनमा व्यस्त भइरहँदा उनले आफू ‘जेनेरस’ अर्थात् उदार राहतको पक्षमा भएको बताएका छन् । ओक्लोहोमा रिपब्लिकन सिनेटर जिम इन्होफेले ‘दोस्रो चरणको राहत आउने पक्का’ भएको बताएका छन् । उनले यही साता रिपब्लिकन सिनेटरबिच भएको २ घण्टा लामो छलफलपछि उक्त कुरा बताएका हुन् ।

सिनेटरहरू राहत प्याकेजको हरेक कार्यक्रममा मिहिनेत गरिरहेका छन् । उनीहरू सर्वसाधारणलाई काममा फर्किन उत्साहित पनि गरिरहेका छन् । र, उनीहरू काममा जान नसकेका र सहयोगको आवश्यकतामा रहेकालाई मात्र राहत दिने पक्षमा छन् । ‘हामी काम गर्न नचाहनेलाई पुरस्कृत गर्न चहाँदैनौं,’ इन्होफेले भने ।

दोस्रो चरणको राहत प्याकेज ३ ट्रिलियन डलरको हुने अपेक्षा गरिएको छ । रकमबारे बहस जारी छ । टेक्ससका रिपब्लिकन सिनेटर जोन कोर्निनले पेरोल ट्याक्स होलिडेका बारेमा पनि कुराकानी चलिरहेको बताए । ‘यो काम अलि चुनौतीपूर्ण छ, किनभने सोसल सेक्युरिटी र मेडिकेयरका लागि पेरोल ट्याक्सबाटै पैसा जुट्छ,’ उनले भने, ‘तर, आवश्यकतामा रहेकालाई यही विधिबाट सोझै नगद उपलब्ध गराउन सकिन्छ ।’

ट्रिजर सेक्रेटरी स्टिभन नचिन दोस्रो चरणको राहत बाँड्दा पुरानो गल्ती नदोहो¥याउने पक्षमा छन् । उदाहरणका लागि पहिलो चरणको राहत बाँड्दा १ अर्व ४० करोड अमेरिकी डलर मरेका मानिसको खातामा गएको थियो । पहिलो चरणको राहतमा सर्वसाधारणले प्रति व्यक्ति १ हजार २ सय अमेरिकी डलर पाएका थिए । उनीहरूले प्रति बालबालिका ५ सय डलर पाएका थिए । दोस्रो चरणको राहतमा प्रति व्यक्ति १ हजार २ सय अमेरिकी डलर र प्रति बालबालिका अधिकतम ३ जनासम्म १ हजार २ सय डलर पाउने सम्भावना प्रबल छ । डेमोक्रेटको नियन्त्रणमा रहेको हाउसबाट उक्त प्रस्ताव पारित भइसकेको छ ।

रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटमा भने यस विषयमा भोटिङ हुन बाँकी छ । सिनेट मेजोरिटी लिडर मिच म्याक्कोनेलले अर्को राहत चेक वितरण गरियो भने जुलाईमा गरिने अभिव्यक्ति अघिल्लो साता दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू