अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

न्यु योर्क र टेक्ससको डयालासमा एकै दिन रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७७ असार १५ गते १२:४१ मा प्रकाशित

संसारलाई त्रस्त बनाउन सफल कोरोना महामारीको प्रकोप कतै घट्दै अनि कतै बढ्दै रहेको अवस्थामा अमेरिकाको अग्रणी संस्था प्रवासी नेपाली एकता मञ्चले न्यु योर्क र टेक्ससको डयालासमा एकै दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

दुई राज्यमा भएको रक्तदान मध्य न्यु योर्क सहरको उडसाइडस्थित सत्यनारायण मन्दिरमा रगत दिन भनेर उपस्थित १ सय ३७ मध्ये ९१ जनालाई रगत दिन योग्य मानेर वहाँहरूबाट रगत सङ्कलन भएको थियो । न्यु योर्क जस्तो धेरैले एकै पटक भेला भएर रक्तदान दिन र सङ्कलन गर्न खुल्ला नभएकोले टेक्सस भने १७ जनाको रगत सङ्कलन सम्पन्न भएको छ । कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न होस भनेर दुवै तर्फ कार्यक्रमको संयोजन गर्न केन्द्रीय सदस्यहरूलाई संयोजक तोकिएको थियो, जसमा न्यु योर्क संस्थाका केन्द्रीय सदस्य तथा सक्रिय समाजसेवी कृष्ण आचार्य अनि टेक्ससमा संस्थाका केन्द्रीय सदस्य, इन्द्रेणी सांस्कृतिक सङ्घका अध्यक्ष समाजसेवी सुशील क्षेत्रीले संयोजन गर्नु भएको थियो ।

न्यु योर्क रक्तदानमा संस्थाका अध्यक्ष टेक गुरुङ, महासचिव शङ्कर पन्त समेतको उपस्थिति रहेको थियो भने वहाँहरू सहित संस्थाका अधिकांशले रक्तदान समेत गर्नु भएको थियो । टेक्ससमा संस्थाका वरिष्ठ नेता समाजसेवी भीम कार्की, कोषाध्यक्ष युवराज खनाल सहितले रक्तदान गर्नु भएको थियो । दुवै तर्फको रक्तदान कार्यक्रमलाई एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर खिम विक्रम भट्टराईले समन्वय गर्ने काम गरेकोमा न्यु योर्क वहाँलाई प्रमुख अतिथि नै बनाइएको थियो ।

न्यु योर्क कार्यक्रममा न्यु योर्क राज्यकी राज्यसभा सदस्य क्याटलिना क्रुज स्वयं सहभागी भएर रक्तदाताहरुलाइ धन्यवाद दिनु भएको थियो भने जनसम्पर्क समितिका सभापति आनन्द विष्ट, एनआरएन अमेरिकाका उपाध्यक्ष बिआर लामा, आदिवासी जनजाति महासङ्घका अध्यक्ष लोकचेम्जोङ्ग, ब्लड डोनर्स एसोसिएसन अमेरिकाका अध्यक्ष अर्जुन मैनाली, शेर्पा केंदुंगका अध्यक्ष उर्गेन शेर्पा, तामाङ सङ्घ अमेरिकाका अध्यक्ष एवं न्युयोर्कका सामाजिक हस्ती लक्यान लामा, ब्लड डोनोर्स अमेरिकाका हस्ती एवं गैर आवासीय नेपाली सङ्घका अग्रज सञ्जीव श्रेष्ठ, शेर्पा सङ्घ अमेरिकाका अध्यक्ष निमा शेर्पा, द गुरुडं (तमु) सोसाइटीका अध्यक्ष विजय गुरुडं, मगर सङ्घ अमेरिकाका अध्यक्ष कुलदिप राना मगर, युनाईटेड किराँत राई अरगनाईजेशन अफ अमेरिका अध्यक्ष मुना राई गुरुङ, एनआरएन न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी सहित पत्रकारहरू आङछिरिङ शेर्पा, अकुर लुइँटेल लगायत थुप्रै सामाजिक व्यक्तित्वहरूले रगत दिनुको अलावा रक्तदान कार्यक्रम आयोजनाको निम्ति प्रवासी नेपाली एकता मञ्च अमेरिकालाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रम सम्पन्न भइसकेपछि प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टेक गुरुङ, कार्यक्रम संयोजकहरू कृष्ण आचार्य र सुशील क्षेत्री सहित संस्थाका जिम्मेवार पदाधिकारी देखि केन्द्रीय सदस्यहरू समेतले रक्तदाता, स्वयंसेवी देखि सहभागी सबैलाई आभार प्रकट गर्नु भएको छ । त्यसैसरि १७९ चोटि रक्तदान गर्ने अर्जुन मैनालीले ३३ औँ चोटि रक्तदान गर्ने समाजसेवी लायन्स कृष्ण आचार्यलाई World Blood 🩸 Record Awards ले पनि सम्मानित पनि गर्नु भएको थियो ।

 

प्रतिक्रिया