अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

कोभिड–१९ का कारण विश्वभर १ करोड २ लाख ८० हजार बढी संक्रमित, ५ लाख ५ हजार १ सय ४५ को मृत्यु

बिआरटीनेपाल २०७७ असार १५ गते ७:३७ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड २ लाख ८० हजार ३ सय ९७ जना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ लाख ५ हजार १ सय ४५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ५५ लाख ८० हजार ९ सय ५९ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५७ हजार ४ सय ८३ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख २८ हजार ४ सय ४३, इटालीमा ३४ हजार ७ सय ३८, स्पेनमा २८ हजार ३ सय ४३ , फ्रान्समा २९ हजार ७ सय ७८, बेलायतमा ४३ हजार ५ सय ५० जनाको मृत्यु भएको छ । यसैगरी इरानमा १० हजार ६ सय ७०, जर्मनीमा ९ हजार २९ , बेल्जियममा ९ हजार ७ सय ३२, ब्राजिलमा ५७ हजार ६ सय ५९ , रसियामा ९ हजार १ सय ६६ र क्यानडामा ८ हजार ५ सय २२ जनाको ज्यान गएको छ।ल

कोरोना संक्रमणका कारण भारतमा १६ हजार ५ सय ६ , पाकिस्तानमा ४ हजार १ सय ६७, बंगलादेशमा १ हजार ७ सय ८३ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ७ सय ३३ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७६ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू