अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

साँस्कृतिक सम्पदाको संरक्षणले नै मुलुक धनी हुन्छ – रक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७७ असार १५ गते ७:३५ मा प्रकाशित

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले पुर्खाहरुले जोगाएका साँस्कृतिक सम्पदाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । वि.स. २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौंको भाटभटेनीको सतल पुर्ननिर्माणका सोमबार शिलान्यास गर्दै रक्षामन्त्री पोखरेलले देश बनाउन धर्म, संस्कृति, सम्पदा, परम्परा जोगाउँदै जानुपर्ने बताउनुभयो ।

भाटभटेनीको मन्दिरसँगै जोडिएको सतल पुननिर्माणका लागि प्रदेश सरकारको समन्वयमा काठमाडौं महानगरपालिकालाई बजेट बिनियोजन गरिएको थियो ।तर, समयमा काम अघि नबढेपछि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सतल निर्माणमा आफैंले आर्थिक सहयोग गर्ने जनाएपछि सतलको शिलान्यास गरिएको हो ।

सोही अवसरमा समाजसेवी गुरुङले समाज सेवाको हैसियतले आफूले संस्कृति र सम्पदाको जर्गेनाका लागि आफ्रूले यो कदम चालेको बताउनुभयो । सतलको पुननिर्माणको कार्य पुरानै शैलीमा बन्नेछ भने भक्तपुरका कालीगढहरुले सतल पुननिर्माणको जिम्मा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू