अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

विविध कार्यक्रम गरी आज देशैभर विभिन्न कार्यक्रम गरि धान दिवस मनाइयो

बिआरटीनेपाल २०७७ असार १५ गते ७:३४ मा प्रकाशित

आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाईएको छ । ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्(नार्क)ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाइँ महोत्सव मनाएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासकाबीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

रोपाइँ कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतीको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझै पनि बन्न नसकेको बताउनुभयो । उहाँले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातको रोपाइँ भइरहेको बताउनुभयो । उहाँले कृषि अनुसन्धान र किसानको बीचमा ठूलो खाडल रहेकाले उन्नत जातको बीउ किसानले पाउन नसकेको बताउनुभयो ।

त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक दिपक भण्डारीले नेपालमा विकास भएका धानको बीउको प्रयोग बढाउनुपर्ने बताउनुभयो । नेपालमा ‘हर्दिनाथ हाइब्रिड–१’ र ‘हर्दिनाथ हाइब्रिड–३’ जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले नेपालमा परम्परागत रुपमा धान दिवस मनाइँदै आएको र यसले किसानको आत्मबल बढाउने गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू