अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

सुनको मूल्य उच्च, कोरोबार ठप्प

बिआरटीनेपाल २०७७ असार १५ गते ७:३२ मा प्रकाशित

केही महिनायता सुनको मूल्य आकासिएको छ । सुनको भाउ केही दिन उकालो लाग्ने, अनि केही दिन स्थिर हुने र फेरि उकालो लाग्ने गर्दै आएको छ । सुनको भाउ जतिजति बढ्दै गएको छ, तर कारोबार भने घट्दो छ ।सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुनचाँदी बजार सुनसान बनेको छ । सरकारले बजेट मार्फत सुनमा कर बढाएको र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ र तेजाबि सुनको मूल्य ९० हजार ८ सय ६० रुपैयाँ तोकेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

सुनको भाउ बढेपछि बजारमा सुनका गरगहना बिक्री हुन छोडेको व्यवसायीले बताएका छन् । व्यवसायीहरुले विवाहको सिजनमा पनि अत्यावश्यक गरगहना बाहेकका कुनैपनि गरगहना बिक्री नभएको बताएका छन् । सुनको मूल्य बढेर भन्दा पनि लकडाउनका कारण मानिसहरु आउन नपाउँदा बजार प्रभावित भएको व्यवसायी बताउँछन् । सुनको मूल्यमा उच्च वृद्धि हुँदा बजारमा गहना खरिद गर्ने भन्दा बिक्री गर्न आउने बढी रहेको व्यवसायीहरुले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू