अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२६ | Colorodo: 10:41

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ७६ कोरोना सङ्क्रमित थपिए, २९ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असार १५ गते ७:२८ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । १ सय १२ जना महिला र ३ सय ६४ गरी ४ सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यो सहित देशभर आजसम्म १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष गरी १३ हजार दुई सय ४८ जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार सोमबार एक सय २१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या २९ पुगेको छ ।

आजसम्म २ सय ६६ महिला र २ हजार ८ सय ६६ पुरुष गरी ३ हजार १ सय ३४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा.देवकोटाले बताउनुभयो । २४ घण्टामा ७ हजार ७ सय ९१ वटा पिसिआर र १ हजार ८ सय २२ आरडिटी परिक्षण गरिएको छ ।

मुलुकभर ५७ हजार ३ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् भने १० हजार ८५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू