अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

“नक्शा प्रकाशन प्रधानमन्त्रीको अयोग्यता छोप्ने पछ्यौरी होइन” – नेपाली कांग्रेस

बिआरटीनेपाल २०७७ असार १५ गते ७:२६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूलाई भारतले हटाउन खोजेको भनि प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्तिबारे प्रष्ट पार्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेको छ । आइतबार प्रधानमन्त्री ओलीले नयाँ नक्शा छापेपछि भारतले आफूलाई हटाउन खोजेको जिकीर गर्दै आफू हटे कुनैपनि प्रधानमन्त्रीले नेपालको हित रक्षा गर्न नसक्ने बताउनुभएको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतले हटाउन खोज्दैछ भनेर प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रष्ट्याउन जरूरी रहेको बताउनुभएको छ । प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन भन्दै उहाँले प्रश्न गर्नुभयो । कोरोनासँग जुध्न सरकार असफल भएपछि जनताले परिवर्तन खोजेको भन्दै शर्माले ‘सहयोद्धाले जोगाइदिए तिनलाई धन्यवाद दिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले लिम्पियाधुरा समावेश गरेर नक्शा जारी तथा उक्त नक्शा निशान छापमा राख्न संविधान संशोधन गरेपछि भारतले आफूलाई हटाउने लागेको आरोप लगाउनुभएको थियो । प्रधानमन्त्रीको उक्त भनाइप्रति कटाक्ष गर्दै प्रवक्ता शर्माले पारित नक्सा प्रधानमन्त्रीले दिएको ब्यक्तिगत अटोग्राफ र उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी नभएको प्रष्ट पार्नुभयो ।

सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्शाको जग्गा फिर्ता गराउने कूटनीतिक पहलको च्याप्टर क्लोज गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक र कूटनैतिक मर्यादा विपरीत रहेको शर्माको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू