अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

भोजपुरमा आगलागीमा परेर बालिकाको ज्यान गयो

बिआरटीनेपाल २०७७ असार १४ गते २३:११ मा प्रकाशित

भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागीमा परेर एक बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी ३ वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

हिजो भएको आगलागीमा गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्य चौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । बाटोमा लैजाँदै गर्दा स्वास्थ्य अवस्था झन् बिग्रिएपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा बालिकाको राति त्यहीँ ज्यान गएको प्रहरीको भनाइ छ ।

घरमा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगायत सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू