अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

१५ महिनादेखि ग्राउन्डेड म्याक्स बोइङ बिमान पुनः संचालनमा ल्याईदै

बिआरटीनेपाल २०७७ असार १४ गते २३:०६ मा प्रकाशित

बिगत १५ महिनादेखि ग्राउन्डेड रहेको म्याक्स बोइङ बिमान ७३७ पुन संचालनमा आउने भएको छ । गम्भीर प्राविधिक समस्याका कारण लगातार दुर्घटना भएपछि विश्वव्यापी रुपमा ग्राउण्डेड भएको बोइङ्गको विमान ७३७ म्याक्सले यात्रुहरुलाई पुनः सेवा दिने भएको हो ।

जसका लागि बोइङ्ग ७३७ म्याक्सको सुरक्षा सम्बन्धी परीक्षण धमाधम शुरु भएको छ । नियामक निकायका पाइलट तथा प्राविधिक विज्ञ र कम्पनीले तीन दिने परीक्षण गरेपछी यसको सेवा सुरु हुने बताइएको छ । गत वर्ष लगातार दुईवटा दुर्घटनामा ३ सय ४६ जनाको ज्यान गएपछि विमान ग्राउण्डेड भएको थियो ।

बोइङका लागि तीन दिने सुरक्षा परीक्षण महत्वपूर्ण रहेको छ । तर यो परीक्षणमा राम्रो नतिजा आए पनि थप परीक्षणका लागि केही महिना लाग्ने छ । लायन एयर र इथियोपियन एयरलाइन्सको विमान दुर्घटनापछि १५ महिनाअघि ७३७ म्याक्स ग्राउण्डेड हुँदा बोइङले ठूलो नोक्सानी ब्यहोर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू