अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

नागरिकता विधेयक खारेजीको माग सहित कांग्रेसद्धारा प्रदर्शन

बिआरटीनेपाल २०७७ असार १४ गते ६:२९ मा प्रकाशित

नागरिकता विधेयक फिर्ता र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आइतबार सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।पार्टी कार्यालयबाट निस्केको कांग्रेस कार्यकर्ताको जुलुसले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनका क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार असफल भएको, असुरक्षित ‘क्वारेन्टिन’मा जनतालाई राख्ने गरेको, ‘पीसीआर’ परीक्षण गर्न नसकेको र विभेदकारी नागरिकता विधेयक ल्याएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

कार्यकर्ताहरुले कोरोना संक्रमणका नाममा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गरी विभेदकारी नागरिकता विधेयक खारेजीको माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू