अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

ला लिगा फुटवल– रियाल मड्रिडलाई उछिन्दै बार्सिलोना शिर्ष स्थानमा

बिआरटीनेपाल २०७७ असार १४ गते ६:२९ मा प्रकाशित

स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड र बार्सिलोनाको टकराव जारी छ । गएरातीको खेलमा सेल्टा भिगोसँग बराबरी खेल्दै बार्सिलोनाले शिर्ष स्थानको रियाल मड्रिडलाई उछिनेको छ ।

सेल्टा भिगोको मैदानमा गएराति भएको खेलमा बार्सिलोना २–२ गोलको बराबरीमा सकियो । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक एक गोल गर्दै कठिन खेलबाट टोलीलाई १ अंक दिलाए ।

सेल्टासँग बराबरीमा रोकिएपछि ३२ खेलबाट ६९ अंक जोडेको बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियाल मड्रिड ६८ अंकका साथ दोस्रो स्थानमा झरेको छ । रियालले आज इस्पानियोलसँग खेल्नेछ ।

प्रतिक्रिया