अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३ | Colorodo: 07:58

कोभिड–१९ का कारण विश्वभर १ करोड १ लाख १० हजार बढी संक्रमित, ५ लाख १ हजार ८ सय ७८ को मृत्यु,

बिआरटीनेपाल २०७७ असार १४ गते ६:२८ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड १ लाख १० हजार ८ सय ६७ जना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ लाख १ हजार ८ सय ७८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ५४ लाख ८३ हजार ५ सय २७ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५७ हजार ८ सय ७३ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख २८ हजार १ सय ५२, इटालीमा ३४ हजार ७ सय १६, स्पेनमा २८ हजार ३ सय ४१ , फ्रान्समा २९ हजार ७ सय ७८, बेलायतमा ४३ हजार ५ सय १४ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा १० हजार ५ सय ८, जर्मनीमा ९ हजार २६ , बेल्जियममा ९ हजार ७ सय ३२, ब्राजिलमा ५७ हजार १ सय ३ , रसियामा ९ हजार ७३ र क्यानडामा ८ हजार ५ सय १६ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १६ हजार १ सय २४ , पाकिस्तानमा ४ हजार १ सय १८, बंगलादेशमा १ हजार ७ सय ३८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ७ सय ३७ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७६ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू