अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

कोरोना जन्तर आयात नगरेको बियोन्ड द वालट्रेडिङ प्रालिको स्पस्टिकरण

बिआरटीनेपाल २०७७ असार १४ गते ६:२४ मा प्रकाशित

कोरोना भाइरस भगाउने जन्तर (भाइरस रिमुभिङ कार्ड) वितरण गर्ने बियोन्ड द वालट्रेडिङ प्रालिले कोरोना जन्तरको आयात आफुले नगरेको स्पस्टिकरण दिएको छ । कम्पनीका सञ्चालक विप्लब केसीले आफ्नो नाम जोडिएर आयात गरिएको हल्ला भएपनि बिक्री वितरणका लागि मार्केटिङ मात्र गरेको बताउनुभयो । उहाँले कुनै अर्को फर्मले आयात गरेको समानलाई आफुले बिक्री वितरण गरेको स्पस्ट पार्नुभयो ।

उहाँले कार्डले मानव स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा आफूलाई कुनै थाहा नभएको र आयातित वस्तु सर्टिफाइड प्राप्त हो कि होइन भन्ने हेरेर मात्रै बिक्री वितरण गरिएको बताउनुभयो । अमेरिकी सर्टिफिकेट फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए) र युरोपियन युनियनले दिएको सर्टिफिकेट रेष्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन (आरओएजएस) लगायतका सर्टिफिकेट उपलब्ध भएपछि मात्रै मार्केटिङ गरी बिक्री वितरण गरेको केसीले स्पस्ट पार्नुभयो ।

जन्तरले कोरोना भगाउने नभई स्यानिटइजरले हात सफा गरे जस्तै हावालाई स्यानिटाइज गर्ने काम गर्ने रहेको समेत केसीले स्पस्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू