अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलामा ९१ हजार ३ सय रुपैयाँ कायम

बिआरटीनेपाल २०७७ असार १४ गते ६:२४ मा प्रकाशित

कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आइतबार अप्रत्याशित रुपमा बढेको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ भने त्यही परिमाणको तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० निर्धारण गरिएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो हप्ताको तुलनामा चाँदीको मूल्यमा ५ रुपैयाँले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य ९ सय ४५ रुपैयाँ तोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न लकडाउन लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४ सयले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया