अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्ती साताब्यापीरुपमा मनाईदै

बिआरटीनेपाल २०७७ असार १४ गते ६:२१ मा प्रकाशित

जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीलाई कोभिड १९ बाट सचेत हुँदै विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाईने भएको छ । ‘मदन भण्डारी फाउण्डेशन’ले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिशृष कार्यक्रमको आयोजना गर्यो । भण्डारीको जन्म जयन्तीका कारण यही असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठक आज स्थगन गरिएको थियो ।

फाउण्डेशनले यही असर ७ गतेदेखि जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि घर–कम्पाउण्ड वा सार्वजनिक स्थलमा फलफूलको विरुवा रोप्ने र रोपेका विरुवाको संरक्षण गर्ने, फलफूल तथा तरकारीका बिऊबिजन वितरण गर्ने, किसानका बीचमा एकापसमा अनुभव साटासाट गर्ने, गरिब, असहाय, मजदुर, सुकुम्बासी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक केन्द्रीत कार्यक्रम गरेको फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिनुभयो ।
यसैगरी सामाजिक सञ्जालमार्फत कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रमहरु, मदन भण्डारी रक्त कोष स्थापना, विभिन्न तहमा भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ र भण्डारीका योगदानका बारेमा अन्तरक्रियाको आयोजना, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र तथा जनजीविका, सरकार सञ्चालन, संगठन परिचालन आदिका विषयमा रचनात्मक कार्यक्रमहरु राखिएका छन् ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएकामा भण्डारीको विशेष योगदान स्मरण गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू