अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

एफए कप – म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

बिआरटीनेपाल २०७७ असार १४ गते ०:४८ मा प्रकाशित

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा नर्विच सिटीलाई अतिरिक्त समयमा २(१ गोल अन्तरले पराजित गर्दै युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो । नर्विचको मैदानमा निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा कप्तान ह्यारी मगायरले गोल गर्दै युनाइटेडलाई २-१ गोलको जित दिलाए । खेलको ५१ औं मिनेटमा ओडन इघालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ७५ औं मिनेटमा तोड कान्टवेलले गोल गर्दै नर्विचलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।

प्रतिक्रिया