अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

स्याङ्जाको गल्याङमा पहिरोले घर पुरिंदा एक जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ असार १४ गते ०:४० मा प्रकाशित

अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जाको गल्याङमा एक जनाको ज्यान गएको छ । पहिरोमा परेर गल्याङ नगरपालिका ९ साङ्लियका ४९ वर्षीय यमबहादुर विकको ज्यान गएको वडाध्यक्ष हरी खनालले जानकारी दिनुभयो ।

राति ३ बजेतिर घर माथिबाट आएको पहिरोमा परेर बिककी श्रीमती घाइते भएकी छिन् । उनलाई उपचारका लागि पाल्पा लगिएको छ । ३ जनाको परिवार रहेको विकको परिवारमा १ जना भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू