अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

कोलोराडोका गायक वसन्त लम्सालको कोरोना सम्बन्धी लिरिकल भिडियो रिलिज

बिआरटीनेपाल २०७७ असार १३ गते १४:०३ मा प्रकाशित

कोलोराडो, अमेरिका । संसारभरि कोरोनाले विश्व नै प्रभावित भइरहेको अवस्थामा कोलोराडोका गायक वसन्त लम्सालको कोरोना महामारी सम्बन्धी लिरिकल भिडियो बुढासुब्बा डिजिटलको युट्युबबाट रिलिज भएको छ । नेपाल आइडल तेस्रो सिजनका प्रतियोगी गायक प्रवीण बेडवालको स्वर रहेको सो गीतको रचना एवं सङ्गीत पनि वसन्त लम्साल आफैँले गरेका छन् । अमेरिकाको कोलोराडोमा धेरै वर्ष देखी बस्दै आएका लम्सालको कोलोराडोमा रेस्टुरेन्ट व्यवसायमा बिजी छन् ।

वसन्तको गीतमा मानव जगतलाई कोरोनाले दिएको चुनौती र यसको प्रत्यक्ष असरको विषयलाई चित्रण गरिएको छ । कोरोनाको असरले जिउँदाको जन्ती र मर्दाको मलामीको उखान नै उल्टाई दिएको छ गीतले शब्दमार्फत बोलेको छ । उक्त गीतमा पछिल्लो पुस्ताले आफूलाई कोरोनाले दिएको पीडा सहेर अरूलाई विशेषगरि पछिल्लो नयाँ पुस्तालाई केही नहोस् भन्ने सन्देश छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू