अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

राखेप पूर्व सदस्य– सचिव सिंहको निधन

बिआरटीनेपाल २०७७ असार १३ गते ७:११ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ । सिंहको शुक्रबार राति छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले जनाएका छन् ।

सिंह लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । स्व. सिंह राखेपका सातौं सदस्य–सचिव हुनुहुन्छ । उहाँ२०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा रहनुभएको थियो ।

स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन् । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू