अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२ | Colorodo: 15:07

कोभिड–१९ का कारण विश्वभर ४ लाख ९७ हजार ५ सय ५१ को मृत्यु, ९९ लाख ३५ हजार २ सय ७ संक्रमित

बिआरटीनेपाल २०७७ असार १३ गते ७:०७ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ९७ हजार ५ सय २१ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ९९ लाख ३५ हजार २ सय ७ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ५३ लाख ८३ हजार ८ सय १७ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५७ हजार ६ सय ८८ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख २७ हजार ६ सय ४९, इटालीमा ३४ हजार ७ सय ८, स्पेनमा २८ हजार ३ सय ३८ , फ्रान्समा २९ हजार ७ सय ७८, बेलायतमा ४३ हजार ४ सय १४ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा १० हजार ३ सय ६४, जर्मनीमा ९ हजार २६ , बेल्जियममा ९ हजार ७ सय ३२, ब्राजिलमा ५६ हजार १ सय ९ , रसियामा ८ हजार ९ सय ६९ र क्यानडामा ८ हजार ५ सय ८ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १५ हजार ३७ सय ३१ , पाकिस्तानमा ४ हजार ३५, बंगलादेशमा १ हजार ६ सय ९५ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ७ सय ३ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ७५ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू