अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

नेपालमा सलहको प्रबेश, कृषि विज्ञहरु छलफलमा

बिआरटीनेपाल २०७७ असार १३ गते ७:०२ मा प्रकाशित

बालीनाशक सलह नेपाल प्रवेश गरेको छ । सानो झुण्डमा आएको सलहबाट हुन सक्ने क्षति कम गर्न योजनासहित प्रतिकार्यमा जुटिसकेको कृषि मन्त्रालयले जनाएको छ । शनिबार बिहान करिब ७ देखि ८ बजेको बीचमा ‘सलह’ किरा प्रदेश २ का तीनवटा जिल्लामा प्रवेश गरेको भूमि व्यवस्था कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले पुष्टि गरेका छन्।

सलह किरा अहिले प्रदेश २ को सर्लाही, बारा र पर्सा जिल्लामा फेला परेको छ । सलह नेपालमा प्रवेश गरेसँगै किसानहरुमा त्रास छाएको छ । सलह आएको ठाउँमा सम्पूर्ण बाली नष्ट हुने भएकोले किसानहरु चिन्तित भएका छन्। राज्यमन्त्री यादवले प्रदेशमा सलह किरा छिरिसकेपछि यसको अनुसन्धान गर्नको लागि कृषि निर्देशनालयबाट निर्देशक रतन कुमार झाको नेतृत्वमा विज्ञ टोली सर्लाहीको नवलपुरको तेलबाली अनुसन्धान केन्द्रमा पुगेको जानकारी दिनुभयो ।

यस किराको सम्बन्धमा थप जानकारी लिन तथा नियन्त्रणको लागि अहिले विभिन्न सातवटा देशका कृषि वैज्ञानिकसँग जुम मिटिङ्गमा छलफल भइरहेको राज्यमन्त्री यादवले बताउनुभएको छ । सलहको कारण कृषिमा ठूलो क्षति हुनसक्ने भएकोले यसको नियन्त्रणको लागि जे जति प्राविधिक उपाय छ त्यो सबै अपनाउने मन्त्री यादवले बताउनुभयो । सलहले अन्न तथा तरकारी बालीमा आक्रमण गरी क्षति पुर्याउने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू