अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

इनफ इज इनफका अभियन्ताहरु अनशनमा

बिआरटीनेपाल २०७७ असार १३ गते ७:०१ मा प्रकाशित

कोरोना महामारी रोकथामका लागि सरकारलाई जवाफदेही बनाउन दबाब दिने उद्धेश्यसहित युवाहरु अनशनमा बसेका छन् । इनफ इज इनफ अभियानमा रहेकाहरु ललितपुरको पाटनमा अनशनमा बसेका हुन् । प्रहरीले शुक्रबार अनशन बसेका अभियानका अगुवा इशान अधिकारी सहित ५ जनालाई पक्राउ गरेर जावलाखेल चौकीमा हिरासतमा राखेको छ । पक्राउ परेकाहरु हिरासतमै अनशनमा छन् भने अरु युवाहरु पाटनमा अनशनमा बसेका हुन् ।

कोरोना महामारी रोकथामका लागि सरकारी प्रयास प्रभावकारी हुनुपर्ने मागसहित अनशनमा बसेको उनीहरुले बताएका छन्। कोरोना भाइरसको परीक्षण पीसीआर विधि मार्फत हुनु पर्ने, भ्रष्टाचार अन्त्य हुनु पर्ने अनशनकारीहरुको माग गरेका छन्। उनीहरुले सरकारसँग जवाफदेहिताको माग गरेका छन् । यस्तै अग्रपंक्तिमा खटिएकाहरुको पूर्ण स्वास्थ्य सुरक्षाको माग पनि उनीहरुले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू