अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 21:57

आज मात्रै ९ सय ७७ नेपाली नेपाल आइपुगे

बिआरटीनेपाल २०७७ असार १३ गते ७:०० मा प्रकाशित

आज बिभिन्न देशबाट नेपालीहरुलाई लिएर ६ ओटा बिमान नेपाल आइपुगेका छन् । अहिले सम्म हडंकडं, दोहा, दुबई, दमाम, कुबेत र रियाद शहरबाट नेपालीहरुलाई लिएर चार्टर बिमान काठमाण्डौं आइपुगेका छन् । यी शहरबाट ९ सय ७७ जना नेपाली आईपुगेका छन् ।

आरएले हडंकडं र दुबईबाट २ सय २७ जना, कतार एयरवेजले दोहाबाट २४१ जना, हिमालयले दमामबाट १ सय ५४ जना र जजिरा एयरले कुबेतबाट ८६ जनालाई नेपाल ल्याईपु¥याएको छ । त्यस्तै आरएले रियादबाट २ सय ५४ जना लिएर आएको छ ।

त्यही उडानबाट १५ जना नेपालीको शव पनि नेपाल ल्याईएको विमानस्थल कार्यालयले जनाएको छ । आज नेपाल एयरलाईन्सको जहाज भने अस्ट्रेलिया र मलेशियाको क्वालालाम्पुर हुदै राती साढे १० बजे नेपाल आउँदैछ । अस्ट्रेलियाबाट मात्रै २ सय २० जना फर्कनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू