अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भयो, कोरोनाले कृषि नै जीवन हो भन्ने पाठ सिकायो –मन्त्री भुसाल

बिआरटीनेपाल २०७७ असार १३ गते ६:५९ मा प्रकाशित

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताउनुभएको छ । एसोसिएशन अफ् नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (आनाज) ले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०÷ ४० वर्षयता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताउनुभयो । उहाँले कृषि विकासको लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर बिगार्ने काम गरिएको बताउनुभयो ।

लामो समयसम्म बिगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने मन्त्री भुसालको भनाई छ । बर्षैदेखि बिग्रँदै आएको कृषि तीन वर्षभित्रमा सुधार्न चुनौती समेत रहेको उहाँले बताउनुभएको छ । देशमा औद्योगिक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा कृषि व्यवस्था र प्रणाली नै बिग्रेको मन्त्री भुसालको ठहर थियो ।

कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर बिउँझाएको उहाँले बताउनुभयो । कोरोनाले सिकाएको पाठलाई फेरि पनि बिर्सने काम भयो भने ठूलो गल्ती हुने भुसालको भनाई छ । नयाँ व्यवस्था अनुसार कृषि क्षेत्रमा लाग्ने कुनै पनि किसानको जीवन, स्वास्थ्य, शिक्षा, सुरक्षाको विषयमा सरकारले ग्यारेण्टी लिने गरी व्यवस्थापन गर्न लागिएको मन्त्री भुसालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू