अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

भारत लगायतका देशमा चिनियाँ चुनौती बढेकाले युरोपमा सेना घटाएको अमेरिकी विदेश मन्त्रीको भनाइ

बिआरटीनेपाल २०७७ असार १२ गते ६:५४ मा प्रकाशित

भारत तथा दक्षिण पूर्वी एशियाली देशहरुमा बढ्दो चिनियाँ चुनौतीका कारण युरोपमा अमेरिकी सेना कटौति गर्नुपरेको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताउनुभएको छ ।ब्रसेल्स फोरमलाई सम्बोधन गर्दै पोम्पेओले सामरिक आवश्यकताका कारण युरोपमा सेना घटाएर अरु क्षेत्रमा लैजानु परेको बताउनुभएको हो ।

भारत र चिनियाँ सैनिकबीच जुन १५ मा सीमावर्ती लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भिडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए । चिनियाँ पक्षको क्षतिबारे आधिकारिक रुपमा केही बताइएको छैन ।जर्मनीमा अमेरिकी सैनिकको संख्या किन घटाइएको भन्ने सम्बन्धमा पोम्पेओले ती सेना अरु क्षेत्रमा पठाइएको उहाँले बताउनुभयो ।

चीनका कारण भारत, भियतनाम, मलेसिया, इन्डोनेसिया र साउथ चाइना सीमामा चुनौती बढेको भन्दै विदेश मन्त्री पोम्पेओले भन्नुभयो, ‘हामीले अमेरिकी सैनिकहरु आवश्यकता र प्राथमिकताअनुसार तैनाथ होस् भन्नेमा विशेष ख्याल गर्ने गरेका छौँ ।’

पोम्पेओले चीनको सत्तारुढ कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) खराब रहेको आरोप लगाउँदै चीनको विषयमा युरोपियन युनियनसँग वार्ता गरिने बताउनुभयो । चीनमाथि कडा निर्णय लिनुपर्ने उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू