अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

चीनको झिंजिंयागमा ६.४ म्याग्नेच्युडको भूकम्प, दर्जनौं घरमा क्षति

बिआरटीनेपाल २०७७ असार १२ गते ६:४६ मा प्रकाशित

चीनमा ६.४ म्याग्नेच्यडको भूकम्प गएको छ । चीनको झिंजिंयाग इलाकाको युतियान क्षेत्र केन्द्रविन्दु भई गएको भूकम्पका कारण दर्जनौं घरहरुमा क्षति पुगेको बताईएको छ । अहिलेसम्म भुकम्पबाट भएको मानविय क्षतिको बिवरण भने आएको छैन । यो भूकम्पको झट्का भारतसम्म महसुस गरिएको थियो ।

उइगर मुश्लिम समुदायलाई चीनले बन्दी बनाएको क्षेत्रमा भूकम्पको ठूलो धक्का महशुस भएपछि त्यहाँका सर्वसाधारणमा भागदौड मच्चिएको थियो । सोही क्रममा केही व्यक्ति घाइते भएका छन् ।

दुई दिन अघि मेक्सिकोमा गएको भूकम्पमा परि ५ जनाको ज्यान गएको थियो भने भारतमा बिगत २ महिनादेखि पटक पटक भूकम्प गइरहेको छ । भारतमा भारी वर्षासंगै भूकम्पको धक्का गइरहेकोले त्यहाँका जनता सशंकित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू