अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

बिआरटीनेपाल २०७७ असार १२ गते ६:३९ मा प्रकाशित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले आइतबार पछिल्लो २४ घण्टामा १ सय ५ महिलासहित ४ सय ६३ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको बताउनुभयो ।

७७ वटै जिल्लामा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । १३ महिलासहित एक सय ७९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या तीन हजार १३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल ६१ हजार ७ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ७ सय ३१ जना आइसोलेसनमा रहेका छन् । रेडजोनमा आठ सय १४ जना रहेका छन् । हालसम्म २ लाख १५ हजार ८ सय ३९ वटा पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू