अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

नेकपा स्थायी कमिटी बैठक असार १६ सम्मका लागि स्थगित

बिआरटीनेपाल २०७७ असार १२ गते ६:३८ मा प्रकाशित

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको तेस्रो दिनको बैठक सकिएको छ । अब अर्को बैठक असार १६ गते मंगलबार बिहान ११ बजे बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

शनिबारको बैठक पनि भारतसँगको सीमा विवादको विषयमा केन्द्रित भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । आजको बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेल सहित २१ जनाले धारणा राखेका थिए । बैठकमा बोल्ने स्थायी समिति सदस्यहरु वार्ताको माध्यमबाट भारतसँगको सीमा समस्या समाधान गर्नुपर्छ भन्नेमा एकमत रहेको नेताहरुले बताएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएपनि केहीबेरमै बाहिरिनुभएको थियो । चालु बैठक बुधबारबाट सुरु भएको थियो । प्रवक्ता श्रेष्ठका अनुसार आगामी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको कामकारबाहीको विषयमा छलफल बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू