अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

सौन्दर्यकर्मीहरु एकजुट भएर आवाज उठाउनु पर्छ-सौन्दर्यकर्मी करुणा पुरी

बिआरटीनेपाल २०७७ असार ११ गते ९:१८ मा प्रकाशित

काठमाडौँ – विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसले गर्दा मानबजिबननै भयवित बनेको छ । कोभिड-१९ को असरले गर्दा संसारको अर्थतन्त्र धराशायी बनेको अवस्थामा नेपाल जस्तो गरिब मुलुकले त्यसको असर प्रत्यक्ष भोग्नु परेको छ । लामो समयको लकडाउनले गर्दा साना ठुला सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्नुपर्ने स्थितिमा आएका छन् । नेपाली महिलाहरूले स्वरोजगारको रूपमा अपनाएको सौन्दर्य पेसा समेत अहिले सङ्कटमा परेको छ । साना तथा मझौला व्यापार व्यवसाय तथा उद्योगहरू ताला लगाउने अवस्थामा आइसकेको हुनाले समस्यामा परेका उद्योग धन्दा पुनः सञ्चालनको लागि सरकारी तवर बाट सहयोग हुनु पर्ने र त्यसलाई सहजीकरण गर्दै साना, घरेलु र लघु खालका उद्योग र उद्योगीले आर्थिक भार व्यहोर्नु पर्ने भएकोले नेपाल सरकार मार्फत बैङ्कको ब्याज मिनाहा गर्नु पर्ने तथा सहज कर्जा उपलब्ध गराएर उद्योगलाई पुनः सञ्चालन गर्न सहयोग गर्नु पर्नेमा सौन्दर्यकर्मी करुणा पुरीको माग रहेको छ ।

हजारौँ महिलाहरूको रोजगारी तथा रोजी रोटी सँग जोडिएको सौन्दर्य पेसा अर्थात् ब्युटी पार्लर अहिले सम्म बन्द अवस्थामा रहेका छन् । सरकारले अन्य व्यवसायहरू खोल्नलाई अनुमति दिए पनि पार्लर लगायतका अन्य केही व्यवसाय माथि बन्देज लगाउँदै आएको छ । यस्तो विषम परिस्थितिमा सौन्दर्य पेसामा आबद्ध सम्पूर्ण दिदीबहिनीहरू एकजुट भएर आवाज उठाउनु पर्नेमा सौन्दर्यकर्मी करुणा पुरी जोड दिन्छिन् । सहज रूपमा सौन्दर्य पेसालाई सञ्चालन गर्न तथा आर्थिक घाटालाई सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउदैं महिलाहरूले अपनाएको पेसा तथा रोजागरलाइ सुनिश्चित गराउन सम्बन्धित निकायले आवश्यक पहल गरिदिनुहुन समेत उनी आग्रह गर्दछिन्।

विगत एक दशक देखि करुणाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर सिता पाइला काठमाडौँमा सञ्चालन गर्दै आएकी सौन्दर्यकर्मी करुणा पुरीले हजारौँ दक्ष जनशक्ति उत्पादन गरेर महिला दिदीबहिनीहरुलाइ आत्मा निर्भर बनाउँदै आएकी छिन । उनले आफ्नो पार्लरमा सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा सुबिधा प्रदान गर्दै सौन्दर्य तालिम सञ्चालन गर्दै आएकी थिइन् । लकडाउनले गर्दा थला परेको सौन्दर्य पेसालाई कसरी पहिलेकोनै अवस्थामा ल्याउन सकिन्छ भन्ने कुरामा समेत उनी चिन्तित अहिले रहेकी छिन ।

सामाजिक दुरी कायम राख्दै तथा स्वास्थ्य सुरक्षाका विधिहरू अपनाएर ब्युटी पार्लरहरू खोल्न दिनु पर्ने र आर्थिक सङ्कटबाट गुज्रिरहेका ब्युटिसियनहरुलाइ राहत प्रदान गर्नु पर्ने सौन्दर्यकर्मी करुणा पुरी बताउँछिन् ।

प्रतिक्रिया