अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

दुग्धजन्य पदार्थमा ५ प्रतिशतसम्म छुट

बिआरटीनेपाल २०७७ असार ११ गते ७:०९ मा प्रकाशित

लकडाउन अर्थात् बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डिडिसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ ।

यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर २० रुपैयाँ, नौनीमा ८० र धुलो दूधमा १० रुपैयाँ छुट दिइएको छ । घ्युको खुद्रा मूल्यसँगै थोक मूल्यमा एकदेखि पाँच प्रतिशतसम्म छुट दिइएको डिडिसीका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । छुट डिडिसीका बिक्री केन्द्रबाट खरीद गर्दा मात्र पाइने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू