अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

नवराजको न्याय माग्दै दिउँसै लालटिन बालेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन

बिआरटीनेपाल २०७७ असार ११ गते ७:०६ मा प्रकाशित

नवराज विकसहित ६ जनाको हत्याको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले माइतीघरमा दिँउसै लालटिन बालेर प्रदर्शन गरेका छन्। रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोतीमा उपल्लो जातकी प्रेमिका लिन जेठ १० गते गाउँका १९ युवा लिएर पुगेका नवराज विकसहित ६ जनाको हत्या गरेको भन्दै उनीहरुले सोती नरसंहारका विरुद्ध लालटिन जुलुस निकालेर विरोध गरेका हुन् ।

अधिकारकर्मीहरुले लालटिन बालेर माइतघरदेखि नयाँ बानेश्वरसम्म लालटिन बाल्दै सरकारलाई उज्यालोमा आउन आग्रह गरेका छन्। यसका साथै उनीहरुले सरकार सोतीको घटनामा मौन रहेको भन्दै नवराजको रिपोर्ट कमजोर गरेको, प्रारम्भिक रिपोर्टमा सरकारको प्रहरी प्रशासनले गैर जिम्मेवारीपन देखाएको भन्दै सत्य तथ्य छानबिन गरी दोषी माथि कारबाही गर्न माग गरेका हुन्।

यसअघि रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला अदालतले मुद्दा पूर्पक्षका लागि वडाध्यक्ष डम्बर बहादुर मल्लसहित २३ जनालाई कारागार पठाउने आदेश गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू