अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०२ | Colorodo: 11:17

बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु

बिआरटीनेपाल २०७७ असार ११ गते १:२७ मा प्रकाशित

कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण बेलायतमा सुरु भएको छ । स्वतस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया थालिएको वैज्ञानिकले बताएका छन् । परीक्षणमा सहभागी हुने व्यक्तिहरुलाई हाल ‘इम्युनाइज्ड्’ गर्न थालिएको हो । इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरुको नेतृत्वमा परीक्षण सुरु भएको हो । झण्डै ३०० जनालाई आउँदा हप्ताहरुमा कोरोना भाइरसविरुद्धको सम्भावित खोप दिइने छ ।

जनावरमा गरिएको परीक्षणमा खोप सुरक्षित र प्रतिरक्षामा राम्रो काम गर्ने देखिएपछि मानवीय परीक्षण सुरु भएको हो । अक्सफाोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारिरहेको खोपको मानवीय परीक्षण भने यसअघि नै सुरु भएको थियो । सो खोपको तेस्रो चरणको मानवीय परीक्षणको तयारी हुँदैछ ।

विश्वभर कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि वैज्ञानिक तथा अनुसन्धान संस्थाहरु जुटेका छन् । अहिलेसम्ममा कोरोना भाइरसविरुद्धका सम्भावित १२० खोपमा काम भइरहेको छ । इम्पेरियल कलेजको टिमले बनाएको खोपको परीक्षणमा स्वतन्त्रमा रुपमा सहभागी हुन चाहेका व्यक्तिलाई प्रारम्भिक डोज दिइने छ ।

पहिलो चरणको परीक्षणको रिपोर्ट आएपछि यो खोपको दोस्रो चरणको मानवीय परीक्षण आउँदो अक्टोबरमा सुरु हुनेछ । दोस्रो चरणको परीक्षणमा ६ हजार मानिस सहभागी हुने छन् । इम्पेरियल कलेजका वैज्ञानिकहरुले अहिले परीक्षणमा रहेको खोप आउँदो वर्ष (सन् २०२१) को सुरुमा बेलायत तथा विश्वका अरु देशमा पनि वितरण गर्न सकिने बताएका छन् ।

यसैबिच बेलायती राजकुमार विलियम्सले अक्सोफोर्ड विश्वविद्यालयमा खोपको परीक्षणका लागि स्वतन्त्ररुपमा सहभागी भएका व्यक्तिहरुलाई भेट्नुभएको छ । द ड्युक अफ क्याम्ब्रिजले परीक्षणमा सहभागी भएका व्यक्तिहरुलाई भेटर धन्यबाद ज्ञापन गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू