अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४ | Colorodo: 17:19

कोरोना भाइरसका कारण गण्डकीमा थप १ को मृत्यु, १३ जना नयाँ संक्रमित

बिआरटीनेपाल २०७७ असार ११ गते ०:५८ मा प्रकाशित

कोरोना भाइरसका कारण गण्डकी प्रदेशमा थप १ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियूमा रहेका स्याङ्जाको सिरुबारीका ५५ वर्षीय पुरुषको बुधबार राति निधन भएको हो । यो सहित नेपालका कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

असार ८ गते अस्पतालमा भर्ना भएका उनी कोभिड १९, सेभेरा, निमोनिया र डायबिटिजबाट ग्रस्त रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । यसअघि कोरोनाबाट स्याङ्जाको वालिङका ५८ वर्षीय पुरुषको निधन भइसकेको छ । यस्तै गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसहित गण्डकी प्रदेशको कुल संक्रमित संख्या ७ सय ४२ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा प्रदेशको कास्की, गोरखा र स्याङ्जा जिल्लामा गरी १३ नयाँ संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।

कास्कीको पोखरामा ४ जना, गोरखाको गण्डकी गाउँपालिकामा २ जना र स्याङ्जाको गल्याङ नगरपालिकामा ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू