अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

पोर्चुगलमा हराइरहेका पोखराका १९ बर्षीय सिद्धान्त गुरुङ मृत भेटिए

बिआरटीनेपाल २०७७ असार ११ गते ०:५६ मा प्रकाशित

पोर्चुगलको राजधानी लिस्बोनबाट जुन १७ तारिख देखि हराइरहेका १९ बर्षीय सिद्धान्त गुरुङ मृत अवस्थामा भेटिएका छन् । प्रहरीले दिएको जानकारी अनुसार सोही दिन राति करिब २२ः३० बजे लिस्बनको ओरियन्त नजिक तेगस नदीबाट प्रहरीले उनको उद्दार गरेको थियो । प्रहरीले उनलाई पानीबाट बाहिर निकाल्दासम्म सिद्दान्तको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे बुधवार मात्रै उनका परिवारलाई जानकारी गराएको थियो । मृतक सिद्धान्तको शब पोस्टमार्टमका लागि मार्तिमुनिजको हस्पिटल साओ जोजेमा राखिएको छ । अदालती प्रकृया पुरागरे पश्चात उनको पार्थिव शरीर लिस्बोनमा नै दाहसंस्कार गरिने एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष कमल मान गुरुङले बताउनुभयो ।

गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए ।नेपालमा पोखरा बुद्धचोक स्थाई घर भएका गुरुङ २ बर्षदेखि पोर्चुगलको राजधानी लिस्बनमा आफ्ना बुबाआमासंग बसोबास गर्दै आईरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू