अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

रुसमा भारतीय सेनाद्धारा परेड

बिआरटीनेपाल २०७७ असार १० गते ८:०८ मा प्रकाशित

भारतका रक्षामन्त्री रुस भ्रमणमा रहेकै बेला रुसमा रहेका भारतीय सेनाले सैन्य परेड गरेका छन् । रुसको सैन्य परेडको ७५ औं बर्षगाँठको अवसरमा मस्कोमा आयोजना गरिएको परेडमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि सहभागिता जनाउनुभएको छ ।भारतीय सेनाको ७५ जनाको टुकडीले राजनाथ सिंहलाई सलामी अर्पण गरेको थियोे ।

रक्षामन्त्री सिंहले मस्कोमा भारतीय सेनाको परेडमा सामिल हुन पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।यसैबीच रुसले भारतलाई केही अत्याधुनिक हतियार दिने सहमति पनि भएको छ ।जसमा एंटी मिसाइल सिस्टम पनि सामेल रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रुसले कोरोना महामारी अघि नै भारतलाई लडाकु विमानसहित अत्याधुनिक हातहतियार उपलब्ध गराउने बाचा गरेको थियो । लद्दाखमा चीनसंग तनाव बढिरहेको बेला भारतीय रक्षामन्त्री सिंह रुस भ्रमणमा जानु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू