अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

राष्ट्रियतालाई मूलमन्त्र र एकतालाई शक्ति मान्न पूर्वराजा शाहको आग्रह

बिआरटीनेपाल २०७७ असार १० गते ८:०७ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियतालाई मूल मन्त्र र एकतालाई शक्ति मानेर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रको एकीकरण र नेपाली स्वाधीनताको संरक्षण तथा सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो त्यसको चिन्तन गर्दै राष्ट्रियता र एकता बढाउनु समग्र राष्ट्रहितमा रहेको पूर्वराजा ज्ञानेन्द्र शाहले बताउनुभयो ।

राष्ट्र विषम स्थितिबाट गुज्रिरहेको भन्दै असार महिनामा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमाउने घोषणाका साथ बुधबार जारी वक्तव्यमा उहाँले आफ्नो भावनाप्रति श्रद्धा र शुभेच्छा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धैर्य दृढता र साहसका साथ अघि बढ्न पनि उनले आग्रह गर्नुभएको छ । परस्पर आरोप प्रत्यारोप गरेर या निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुने भन्दै वर्तमान परिस्थितिमा नेपाल राष्ट्रको एकीकरण स्वाधीनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले कसले र कोबाट भयो त्यसको मनन गर्न शाहले आग्रह गर्नुभएको छ ।

यो सन्देशबाट पूर्वराजाले स्पष्ट रुपमा यो मुलुकको स्वाधीनता संरक्षण र एकीकरणको सन्दर्भमा राजसंस्थाको सान्दर्भिकतालाई स्वीकार गर्न घुमाउरो रुपमा आग्रह गर्नुभएको संकेत दिएको छ । सीमाविवाद भ्रष्टाचार विभिन्न सन्धिसम्झौता हत्या हिंसा र आत्महत्याजस्ता विषयलाई उठाउँदै उहाँले त्यसको समाधान र कारण खोज्नुपर्ने सन्देश पनि दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू