अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

प्रिमियर लिगमा टोटनह्यामद्धारा वेष्ट ह्याम पराजित

बिआरटीनेपाल २०७७ असार १० गते ८:०४ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हराएको छ ।गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा जोजे मौरिन्होको टोली टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले एक गोल गरे ।

वेष्ट ह्यामका मिडफिल्डर टोमस सुचेकले एक आत्माघाती गोल गरेका थिए । जितपछि सातौँ स्थानमा उक्लिएको टोटनह्यामको ३१ खेलबाट ४५ अंक भएको छ ।रेलिगेशनबाट जोगिने प्रयासमा रहेको वेष्ट ह्याम युनाइटेड भने २७ अंकका साथ १७ औं स्थानमा रहेको छ ।

प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा तेस्रो स्थानको लेस्टर सिटीले १५ औं स्थानको ब्राइटनसँग गोलरहित बराबरी खेलेको छ ।प्रिमियर लिगमा आज ५ खेल हुनेछन् । आज शिर्ष स्थानको लिभरपुलले क्रिष्टल प्यालेससँग खेल्दा म्यान्चेस्टर युनाईटेड र शेफिल्ड युनाईटेड, न्युकासल युनाईटेड र एस्टन भिल्ला, नरिच सिटी र एभर्टन तथा वुल्भरह्याम्पटन वान्डरर्स र बर्नमाउथ भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू