अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

एमसीसीको विरोधमा माइतीघरमा आज पनि प्रदर्शन

बिआरटीनेपाल २०७७ असार १० गते ८:०१ मा प्रकाशित

अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै आज पनि राजधानीको माइतीघर मण्डलामा विराध प्रदर्शन भएको छ । विरोध प्रदर्शनमा सहभागी युवाहरुले एमसीसी ‘राष्ट्रघाति’ रहेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् ।

उनीहरुले ‘रिजेक्ट एमसीसी’, ‘नपढ्नेहरु नै एमसीसीका पक्षधरहरु हुन्’, ‘लेट्स सेभ नेपाल एण्ड रिजेक्ट एमसीसी’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । एमसीसीविरुद्धको विरोध ¥याली काठमाडौँको माइतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म पुगेको थियो।

सरकार एमसीसी सम्झौता जसरी पनि पास गर्न लागिपरेको भन्दै त्यसको चौतर्फी विरोध चर्को विरोध हुँदै आएको छ। एमसीसी पास गर्ने सम्बन्धमा सत्तारुढ नेकपामा पनि एकमत छैन । नेकपामा वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल लगायतका नेता एमसीसीको विपक्षमा उभिँदै आउनुभएको छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने एमसीसीको पक्षमा उभिँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू