अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

टेक्ससमा प्रथम नेपलिज सोलिडारिटी कप २०२० को आयोजना हुने

विजय थापा २०७७ असार ९ गते १३:४७ मा प्रकाशित

कूल चार हजार डलरको पुरस्कार प्रदान गरिने
अमेरिकाको टेक्सस राज्यमा प्रथम नेपलिज सोलिडारिटी कप २०२० आयोजना हुने भएको छ । टेक्ससको ड्यालसमा स्थापित चर्चित ड्यालस गोर्खाज एफसी (फुटबल क्लब)द्वारा स्थापित नेपलिज सोलिडारिटी कप ११ विरुद्ध ११ सकर प्रतियोगिता हो ।

यो प्रतियोगिताले अमेरिकामा रहेका नेपाली सोकर टोलीहरूको लागि एक मञ्च प्रदान गर्ने कल्पना गर्दछ । जुन उनीहरूको सीप खेलकुद प्रदर्शनका साथसाथै नेपाली समुदायलाई एकजुट पार्न भकुन्डोको सुन्दर खेल मार्फत भ्रातृत्व आदान प्रदान गर्नेछ ।

यो प्रतियोगिता जुलाई ४ को सप्ताहान्तमा वार्षिक रूपमा आयोजना गरिने छ । यो वर्ष कोरोनाको महामारीको कारण राज्य बाहिरका भकुन्डो टोलीहरूलाई आमन्त्रण गर्न असमर्थ भएको आयोजकले जनाएका छन् ।

यद्यपि हाम्रो उद्देश्य भनेको आगामी वर्षहरूमा अमेरिकामा सबैभन्दा उत्साहित र अनुशासित नेपाली आधारित फुटबल(भकुन्डो) टोलीहरूको लागि प्रतिस्पर्धी र राम्रो सङ्गठित वार्षिक फुटबल प्रतियोगिता निर्माण गर्नु हो भनी आयोजकले जनाएका छन् ।

यस वर्ष नेपलिज सोलिडारिटी कप जुलाई ११ र १२ का दिन टेक्सस राज्यको ड्यालसमा स्व सुनिल श्रेष्ठ(पूर्व खेलाडी)को स्मृतिमा आयोजना गरिने छ । प्रतियोगिताबाट आएको सम्पूर्ण मुनाफा ब्लिङ्कनाउलाई जाने छ ।

फाउन्डेसनले कोविद -१९ को विरुद्ध लडाई मा सहयोग पुर्‍याउने छ । प्रतियोगितामा कूल ४ हजार डलर नगद,पुरस्कार तथा प्रमाणपत्र समेत अन्तिममा पुग्ने भकुन्डो टोलीलाई प्रदान गरिने छ ।

यस प्रतियोगितामा सहभागी हुन् चाहने भकुन्डो टोलीले दर्ता गराउनु पर्ने छन् । गत जुन २०,२०२० देखि दर्ता प्रक्रिया सुरु भएकोले उक्त दर्ता जुलाई ४ को मध्यरात सम्म गराउनु पर्ने छ ।

दर्ता शुल्क एक टिम(टोली)लाई ५०० डलर लाग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू