अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

अमेरिकामा कोरोनाका कारण उडन नपाएका २८१ नेपाली आज बिहान न्युयोर्कबाट उडे (भिडियो सहित)

बिआरटीनेपाल २०७७ असार ९ गते ११:१७ मा प्रकाशित

अमेरिकामा विभिन्न कारण आएका नेपाली कोरोनाको महामारीको कारण ३ महिना देखि नेपाल जान नपाएका करिब २८१ जना नेपाली आज न्युयोर्क समयानुसार बिहान १०:१५ बजे जेएफकेबाट टर्की एयरलाइन्सको फ्लाइट नम्बर TK3301 बाट नेपालको लागि उडेका छन् । अमेरिकाका लागि नेपाली राजादुताबास डिसीको समन्वयमा यो व्यवस्था गरिएको हो ।

उक्त विमान उडेको १० घण्टा ५ मिनेट पछि टर्की समय अनुसार बिहान २ बजेर ५५ मिनेटमा टर्कीको इस्तानबुल पुग्नेछ । त्य्सपछी टर्की समय अनुसार बिहानको ४ बजेर ४० मिनेटमा काठमाण्डौंको लागि उडने छ ।

उक्त विमान काठमाण्डौं बुधवार दिनको २ बजे दिउसो पुग्नेछ ।

प्रतिक्रिया