अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

थाइल्यान्डका नेपालीसँगै ‘उद्धार’ उडानबाट पूर्वयुवराज्ञी हिमानी स्वदेश फिर्ता

बिआरटीनेपाल २०७७ असार ९ गते ७:४२ मा प्रकाशित

छोराछोरी भेट्न थाइल्यान्ड गएकी पूर्वयूवराज्ञी हिमानी शाह तीन महिनापछि मंगलबार स्वदेश फर्कनुभएको छ । कोरोना महामारीका कारण थाइल्यान्डमा अलपत्र नेपालीलाई मंगलबार नेपाल एयरलाइन्सको विमानले स्वदेश ल्याउने क्रममा हिमानी र उहाँका छोरा हृदयन्द्र पनि आएका हुन् ।

दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका उनीहरू होटल क्वारेन्टिनमा बसेका छन्। हिमानीका दुई छोरी पूर्णिका र कृतिका भने बैंककमै बसेका छन् । उनीहरूको पढाइ सुरु भइसकेकाले नेपाल नफर्केको बताइएको छ । थाइल्यान्डमा बस्दा हिमानीले छोरीसँग नाचेको टिकटक भिडियो भाइरल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू