अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

चिनियाँ कम्युनिस्ट नेताले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा नेता रिजालको आपत्ती

बिआरटीनेपाल २०७७ असार ९ गते ७:३४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट नेताले सत्तारुढदललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ती जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै नेता रिजालले विगतमा छिमेकी राष्ट्रसँगको विशिष्ठ र कुटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवै तर्फका नेता र दलहरु आलोचित हुन पुगेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराउनुभयो ।

पछिल्लो समय चिनियाँ कम्युनिस्ट नेताहरु नेपालका सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु अपाच्य रहेको भन्दै त्यस तर्फ नेकपाको गम्भीर ध्यानाकर्षण गराउनुभयो । यस्तै, उहाँले प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्रीको जवाफ माग्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू