अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

गण्डकी प्रदेश सांसद दीपक मनाङेद्धारा विकास समितिबाट राजीनामा

बिआरटीनेपाल २०७७ असार ८ गते ६:२१ मा प्रकाशित

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिनुभएको छ । क्रसर उद्योग, विकास निर्माणमा अनियमितता सम्बन्धमा आफूले पटक–पटक कुरा उठाए पनि कुनै सुनुवाइ नभएकोले राजीनामा दिएको उहाको भनाई छ ।

आफुले पाएको अधिकार प्रयोग गर्न नसक्ने समितिमा बसेर काम भएको उल्लेख गर्दै राजिनामा दिएको मनाङेको भनाई छ । कास्की र तनहुँको सीमाना कोत्रेमा राजमार्ग नजिकै खोलिएको क्रसर उद्योगको बारेमा समितिको बैठकमा बारम्बार कुरा उठाएको उल्लेख गर्दे उहाँले यसमा प्रदेश सरकार नै मिलेको ले प्रहरीले पनि केही गर्न नसकेको बताउनुभयो ।

संघीयताको मर्मविपरित् प्रदेशका मन्त्री माथिबाट चुनिएर आउँदा प्रदेश सांसदले मन्त्री चुन्ने आफ्नो अधिकार प्रयोग गर्न नपाएको उहाँको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू